काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न राष्ट्रियसभा गृहमा जारी मतदान स्थगित भएको छ । निर्वाचन समितिका अनुसार मतपत्र सकिएपछि मतदान रोकिएको हो ।
मतपत्र सकिएसँगै मतदान गर्न आएका महाधिवेशन प्रतिनिधिहरुलाई केहीबेरका लागि रोकिएको छ। तर, मतपत्र सकिएपछि प्रतिनिधिहरुले भने हो–हल्ला गर्दै नाराबाजी गरेका छन्।
सोमबार बिहान ११ बजेदेखि मतदान सुरु भएको मतदान जारी छ। महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ ।


