अछाम। अछाममा मृत फेला परेकी युवतीको हत्या आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। परिवारले दिएको किटानी जाहेरीको आधारमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
मंगलसैन नगरपालिका–११ खिमडाकी १६ वर्षीया सृजना भण्डारी शुक्रबार रामारोशन सडक खण्डको खरतोला भन्ने ठाउँमा हिजो मृत फेला परेकी थिइन् । उनी मङ्सिर २१ गतेदेखि बेपत्ता भएकी थिइन ।
शवको आज पोस्टमार्टम गरिएको आफन्तले जनाएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।आफन्तले युवतीको हत्या भएको भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

