धनगढी। कैलालीको गौरीगंगामा गाईसँग मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्। कैलालीको गौरीगंगा नगरपालिका-६ कठौतीमा पूर्वपश्चिम राजमार्गमा बा८९क १७३३ नम्बरको मोटरसाइकल गाईसँग ठोक्किदा २ जना घाईते भएका हुन्।
घाइते हुनेमा टीकापुर नगरपालिका (६ का ३० वर्षीय रविन चन्द र मोटरसाइकल पछाडि सवार टीकापुर (९ की २२ वर्षीया फरिदा साउद रहेका प्रहरीले जनाएको छ। मोटरसाइकलको ठक्करबाट गाईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गम्भीर घाइते भएका दुबैको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जेशीले बताए।


