धनगढी। कैलालीमा ‘ओमिक्रोन’को संक्रमण रोकथामकालागी डिसीएमसी बैठकले बिभिन्न निर्णय गरेको जनाएको छ ।
कोभिड–१९ को तेस्रो नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथामका लागि कैलालीमा जिल्ला कोभिड संकट व्यबस्थान केन्द्र डिसीएमसीको बैठकले ४ ओटा निर्णय गरेको हो। नेपालमा पनि ओमिक्रोनको संक्रमण देखिएपछि डिसीएमसीको बसेको बैठकले विगतका निर्णय कार्यान्वयनका विषयमा समिक्षा भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
‘धार्मिक र सांस्कृतिक महत्वका स्थानमा नित्य पूजा-पाठ, आराधना बाहेकका भेला र उत्सव गर्दा भीड नगर्न जिल्ला प्रशासन कार्यालयमार्फत सूचना जारी गर्ने निर्णय भएको छ’।‘ जनस्वास्थ्य कार्यालयसंग समन्वय गर्दै कोरोना विरुद्धको खोप लगाउन बाँकी नागरिकलाई खोप लगाउन स्थानीय तहलाइ अनुरोध गर्ने।’ त्रिनगर र खक्रौला नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई थप व्यवस्थित गर्दै आवागमनमा कडाई गर्ने निर्णय गरेको हो ।


