बैतडी। नेकपा माओवादी केन्द्रले बैतडीका नौ स्थानीय तहमा पालिका कमिटी गठन गरेको छ । बुधबार जिल्लाको मेलौली नगरपालिकामा नगर अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले भीमबहादुर चन्दको अध्यक्षतामा ६५ सदस्यीय नगरकमिटी गठन गरेको छ । नगर कमिटीको वरिष्ठ उपाध्यक्षमा लोकमणि भट्ट, उपाध्यक्षमा तारा विष्ट र सुरेश परियार रहेका छन्। यस्तै कमिटीको सचिवमा धरमसिंह दयाल, सहसचिवमा भवानीदत्त भट्ट, कोषाध्यक्षमा मनीषा दयाललगायत अन्य सदस्य रहेका छन्।
माओवादी केन्द्रले यसअघि जिल्लाका ८४ वटै वडा र ७ स्थानीय तहमा कमिटी गठन गरेको छ। जिल्ला सदरमुकामको स्थानीय तह दशरथचन्द नगरपालिकामा गोपाल बोहराको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन गरिएको छ। पाटन नगरपालिकामा तर्क ठगुन्नाको अध्यक्षतामा नगर कमिटी गठन गरिएको छ।
यसैगरी पुर्चौडी नगरपालिकामा आनन्द सिंह धामी र मेलौली नगरपालिकामा भीमबहादुर चन्दको अध्यक्षतामा ६५, ६५ सदस्यीय नगरकमिटी गठन गरिएको छ। यसैगरी जिल्लाको डिलाशैनी गाउँपालिकामा जगदीश नाथ, सूर्नया गाउँपालिकामा राम बहादुर विष्ट, सिगास गाउँपालिकामा प्रकाश बहादुर साउद, शिवनाथ गाउँपालिकामा गोरख साउँद र दोगडाकेदार गाउँपालिकामा तारसिंह कुवरको अध्यक्षतामा पालिका कमिटी गठन गरिएका छन्। अधिवेशन गर्न बाँकी रहेको पञ्चेश्वर गाउँपालिकामा भने बिहीबार हुने पार्टीका जिल्ला समन्वयन समिति संयोजक प्रेम प्रकाश भट्ट (आदित्य)ले जानकारी दिए ।


