धनगढी। नेकपा (माओवादी केन्द्र) निकट जनसांस्कृतिक महासंघ सुदुरपश्चिम प्रदेश कमेटीको प्रथम सम्मेलनबाट सि बी चन्द निर्वाचित भएका छन्।
शनिबार धनगढीमा भएको जनसांस्कृतिक महासंघ सुदुरपश्चिम प्रदेशको प्रथम सम्मेलनबाट चन्द सहित ५१ सदस्यीय कमिटी निर्वाचित भएको हो। जसको उपाध्यक्षमा धर्मा बोहरा (भावना), लोकेश खनाल, सचिवमा जनक रसिक, सहसचिवमा जनक धानुक र गुड्ड वली, कोषाअध्यक्षमा श्रिजन श्रिपाल लगायत ५१ सदस्यीय कमिटी गठन गरिएको हो।
नेकपा (माओवादी केन्द्र) निकट जनसांस्कृतिक महासंघ सुदुरपश्चिम प्रदेश कमेटीको प्रथम सम्मेलनका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवम् सुदुरपश्चिम प्रदेश अध्यक्ष शरद सिह भण्डारी रहेका थिए।पछिल्लो समय नेकपा माओवादी केन्द्रले आफ्नो राजनिती गतिबिधीलाई सक्रिय रुपमा अगाडी बढाउँदै लगेको छ ।


