धनगढी। नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको मतगणना कार्य सुरु भएको छ । नेपाली काँग्रेस कैलालीको धनगढी स्थित पार्टी कार्यालयमा मतगणना अहिले राती ११ः३० देखी सुरु भएको हो।
चुनाबको मतगणना राती ११ बजेदेखि सुरु गर्ने भनेता पनि आचारसहिता तयार र एजेन्टका बिषयमा सहमति भएपछि मतगणना सुरु भएको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले जानकारी दिए।
सबैको सहमति अनुसार एक समुह बनाई मतगणना सुरु भएको बताईएको छ । एक घण्टाभित्र पहिलो चरणको मत गणनाको परिणाम बाहिर आउने बताईएको छ।अहिले मतहरु मिलाउने क्रम जारी छ ।
यसअघि मतगणना अनिश्चित भएको थियो । सबै उम्मेदबारले मतगणनामा आफ्नो एजेन्डको माग गरेपछि बिवाद सृजना भएकोे थियो । राती ९ बजेबाट मतपेटिकाको मुचुल्का तयारदेखि आवश्यक प्रक्रिया पूरा गर्ने कार्य सम्पन्न भईसकेकोमा मतगणना राती ११ बजेदेखि सुरु गर्ने भनेता पनि ढिलाई भएको हो। शनिबार साँझ सकिएको चुनावमा कुल १ हजार २६ मतदातामध्ये एक हजार ३ मत खसेको थियो ।


