धनगढी। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको मनोनयन दर्ता कार्यतालिका फेरिएको छ । प्रथम सुदूरपश्चिम प्रदेश अधिबेशनको सर्ब सम्वतको प्रयासका लागि केही समय परिवर्तन गरिएको हो ।
आज विहान ८ बजेदेखि ११ बजेसम्म मनोनयन दर्ता कार्यतालिका रहेकोमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज दिउँसो २ देखि ४ बजेसम्म, यस्तै मनोनयन पत्र माथीदाबी, बिरोध दर्ता, जाँचबुझ गर्ने ४ः३० देखि ५ः०० बजेसम्म, सो उपर निर्णय ५ः३० बजेसम्म रहेको छ । यस्तै उम्मेदवारको नेपाली बर्णनुक्रम देवानगरी लिपि पहिलो नामावली प्रकाशित गर्ने ५ः३० बजे कायम गरिएको छ । यस्तै, मनोनयन फिर्ता लिने ५ः३० देखि ६ः३० बजे, अन्तिम नामवली प्रकाशन साँझ ७ः३० बजेसम्म तोकिएको छ।
मतदान भोली बिहान ८ बजे देखि तोकिएको छ। प्रदेश कार्य समितिका लागि सभापती १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ३ (१ महिला सहित) र प्रदेश सदस्य ५१ जना रहने छन । प्रदेश सभापतिका लागि नेता बिरबहादुर बलायरलाई सभापति सर्वसम्मत रूपमा बनाउने प्रयास भईरहेको छ। यद्दपी प्रदेश सभापतिका आँकाक्षी कैलाली सभापति नरनारायण शाह र अछामका गोविन्दबहादुर शाह सहमत छैनन । उनीहरू सभापति पदबाट पछि हट्ने मनसायमा छन।प्रदेशमा सभापतिका आकाक्षी थपिने क्रम जारी छ।
दिवानसिंह विष्टका वशेष पात्र मानिएका गोपालसिंह गुरूङ पनि सभापतिका आँकाक्षा व्यक्त गरेका छन। यसअघि, सुदूरपश्चिम प्रदेश सभापतिका लागि पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाही(अछाम), पूर्वराज्यमन्त्री तथा राजदूत अर्जुनजंग बहादुर सिंह (बझाङ), कैलाली जिल्ला सभापति नरनारायण शाह, कैलाली निर्वाचन क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि हिमबहादुर रावल, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्दबहादुर बोहरा र डोटीका महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।


