धनगढी। नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश अधिवेशन धनगढीमा सुरु भएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन अन्तरगत सुदूरपश्चिममा पनि कांग्रेस प्रदेश अधिवेशन सुरु भएको हो।
धनगढीको ओम पार्टी प्यालेसमा प्रदेश अधिवेशन सुरु भएको हो । अधिवेशनको पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भच्र्युअल माध्यमबाट उद्घाटन गरेका हुन्। प्रदेशका ९ वटै जिल्ला कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा, दार्चुला, डोटी, बझाङ अछाम र बाजुराका प्रतिनिधिहरु धनगढी पुगिसकेका छन् ।
पहाडि जिल्लाबाट नेता तथा कार्यकर्ताहरु आउनेक्रम जारी रहेको अधिवेशन मुल आयोजक समितिले जनाएको छ।नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिकालागि आकांक्षी कांग्रेस नेताहरुले दौडधुप तीव्र बनाएका छन् । आकांक्षीहरु उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा छन् ।


