धनगढी। काँग्रेस केन्द्रीय सदस्यका लागि सुदूरपश्चिमबाट ३ जनाको उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट ३ जनाले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै बझाङका विष्णु ऐडी, डोटीका हर्क देउवा र कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट भरत शाहीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन । पत्रकार सम्मेलनमा कास्की जिल्लाबाट निर्वाचित गुरु बरालले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।