काठमाडौं। राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आगामी नेतृत्वमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा हुन् ।
पत्रकार सम्मेलनमा उनले विज्ञप्ति बाचन गर्दै पार्टीका अध्यक्षद्वय कमल थापा र पशुपति शमशेर राणालाई पनि लोहनीलाई अबको नेतृत्वमा स्वीकार्दै अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । उनले आफू सहमतिमै नेतृत्व चयन हुनुपर्ने पक्षमा रहेको र त्यसमा पनि युवालाई नेतृत्व दिनु देश र पार्टीकै हितमा हुने धारणा राखे ।
उनले संविधानभित्रको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्र तथा प्रजातान्त्रिक विधि र पद्धतिप्रति राप्रपा प्रतिबद्ध रहेको बताए । ‘राप्रपाका कार्यकर्ताहरु देशभक्त छन् र सबै नेपालीको समृद्धिको लागि प्रतिबद्ध छन् । यो प्रतिबद्धतालाई मुल आदर्शको रुपमा लिएर अगाडि बढौँ’, डा लोहनीको प्रस्ताव छ, ‘नयाँ प्रस्तावित नेतृत्वलाई काम गर्ने मौका दिऔँ ।
’नयाँ नेतृत्व नआएमा राप्रपाको अस्तित्व सकिने अधिकांश युवा नेताहरूको बुझाइ छ । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।भोलि बुधबार शुरू हुने राप्रपा महाधिवेशनमा हालसम्म थापा र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा भएको छ । महाधिवेशनको अघिल्लो दिनसम्म उम्मेदवारी घोषणा नगरेका जबराले लिङ्देनलाई समर्थन गर्ने राप्रपा एक नेताको दाबी छ ।


