काठमाडौं। एमालेको अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन्। हिजै फारम लिएका उनले सोमबार (आज) निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी एवं सदस्यहरुप्रति असन्तुष्टि राख्दै आएका रावलले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । यस्तै एमाले उपाध्यक्षमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । युवराजले उपाध्यक्ष र प्रदीपले उप महासचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।