काठमाडौं। एमाले नेता भीम रावलले आफूले उम्मेदवारी फिर्ता नलिने बताएका छन्। चितवनमा शुक्रबार साँझ सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले आफूले फिर्ता लिनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा नगरेको बताए।
मलाई दबावले केही पनि काम गर्दैन। म बहुदलीय जनवाद मान्ने मान्छे हुँ, उनले भने । उनले आफूले नेताहरूसँग छलफल गरेरै उम्मेदवारी घोषणा गरेको बताए। उनले उम्मेदवारी घोषणा गरिसकेपछि पार्टी अध्यक्ष केपी ओलीसँग भेट नभएको पनि बताए ।


