कैलाली । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन समारोह शुक्रबार चितवनको नारायणी नदी किनारमा हुँदैछ। एमालेको १० औं महाधिवेशनमा सुदूरपश्चिमबाट केन्द्रमा को को छानिएला भन्ने चाँसो ब्यक्त गरीन थालिएको छ।
नेकपा एमालेको केन्द्रीय कमिटीमा सुदूरपश्चिम प्रदेशबाट १७ जना छन्। ती मध्ये दशौं महाधिवेशनबाट कति जना फेरि छानिएला भन्ने चासो बढेको हो। हालको केन्द्रीय कमिटीमा नवौ महाधिवेशनबाट डा.भीमबहादुर रावल (उपाध्यक्ष), कर्णबहादुर थापा (देश अध्यक्ष समेत), महेश्वर पाठक, गणेश ठगुन्ना, लालबहादुर थापा, निरुदेवी पाल, प्रकाशबहादुर शाह र भैरव वहादुर सिंह निर्वाचित भएका थिए।
नवौ महाधिवेशनमा निर्वाचित गरिमा शाह, रामकुमार ज्ञवाली, प्रेम आलेमगर, निरा जैरु र विक्रम शाही भने एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी)मा आवद्ध भएका छन्। यस्तै गरेर एमालेले विभिन्न समयमा झपटबहादुर रावल, नारदमुनी राना, गौरी ओली, दीपकप्रसाद देवकोटा र राजेन्द्र रावल मनोनित भएका थिए। एमालेमा माओवादीबाट प्रवेश गरेका लेखराज भट्ट (स्थायी समिति सदस्य), गौरीशंकर चौधरी र झपट बोहरा केन्द्रीय कमिटीमा छन् ।
यस्तै गरेर कैलालीका ६४ संविधान सभा सदस्य लीला भण्डारी तत्कालिन नयाँ शक्तिबाट आएपछि केन्द्रीय सदस्यको भूमिकामा छिन् । १७ जनामध्ये उपाध्यक्ष डा.रावलले केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्। स्थायी समिति सदस्य लेखराज भटट् र प्रदेश अध्यक्ष कर्णबहादुर थापा पनि पदाधीकारीमा लड्ने बताइएको छ। हालका केन्द्रीय सदस्य महेश्वर पाठक अव फेरि महाधिवेशनमा नउठ्ने बताइएको छ। वाँकी १३ जना पनि केन्द्रीय सदस्यहरु पदाधीकारी, भूगोल, आरक्षित क्षेत्र वा खुला कताबाट केन्द्रीय सदस्य हुने भन्ने निश्चित भएको छैन्।


