कैलाली। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुदूरपश्चिमका पाँच जिल्लामा महाधिवेशन प्रतिनिधिको निर्वाचन अन्तरगत सभापती चयन भएका छन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरासहित एउटा मात्र निर्वाचन क्षेत्र भएको डोटी, बैतडी, बझाङ र बाजुरामा अधिवेशन सम्पन्न भएको हो। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुदूरपश्चिमका बिभिन्न जिल्लामा जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको डोटी जिल्लामा नरेन्द्रबहादुर सिंह जिल्ला सभापतिमा निर्वाचित भएका छन् । यस्तै डडेल्धुरामा भीमबहादुर साउँद, बैतडीमा चतुरबहादुर चन्द, बाजुरामा रामसिंह रावल, बझाङमा खडकबहादुर बोहरा जिल्ला सभापतिमा निर्वाचित भएका छन्।बझाङका बोहरा, डडेल्धुराका साउँद र डोटीका सिंह संस्थापन अर्थात देउवा पक्षका हुन् भने बाजुराका रावल र बैतडीका चन्द संस्थापनइतर अर्थात रामचन्द्र पौडेल पक्षबाट विजयी भएका हुन्।
पाँच जिल्लामा भएको निर्वाचनमा महाधिवेशन प्रतिनिधिमा भने संस्थापन पक्ष अगाडि देखिएको छ।अब एउटा मात्रै निर्वाचन क्षेत्र भएको दार्चुलामा जिल्ला कार्यसमिति चयन हुन बाँकी छ । दार्चुलामा वर्तमान सभापति ललित बोहरा र उपसभापति अमरसिंह धामीले सभापतिका लागि मनोनयन दर्ता गरेका छन् । उनीहरू दुवै दिलेन्द्र बडू निकट हुन् । दार्चुलामा भोलि मतदान हुने कार्यक्रम तय गरेको छ। दुई निर्वाचन क्षेत्र रहेको अछाम, तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुर र पाँच निर्वाचन क्षेत्र भएको कैलालीमा अधिवेशन हुन बाँकी छ।