धनगढी। इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत प्रहरी नायव उपरीक्षक डिएसपी प्रेम बहादुर शाहीको सरुवा भएको छ। विगत एक बर्ष देखि इप्रका मालाखेतीको कमाण्ड समाल्दै आएका डिएसपी शाहीको पश्चिम नवलपरासी सरुवा भएपछि उनलाई कैलालीबाट विदाई गरिएको छ।
सरुवा भएका डिएसपी शाहीलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीले ‘विदाई तथा फेरी भेटौंला’ कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले विदाइ गरेका हुन ।
यसअघि इप्रका मालाखेतीले पनि डिएसपी शाहीको बिदाइ गरेको थियो । डिएसपी शाहीको ठाउँमा प्रहरी नायव उपरीक्षक डिएसपी नवराज पोखरेल आउने भएका छन । उनी नेपालगंजबाट अत्तरिया आउन लागेका हुन । उनी २र३ दिन भित्रमा इलाका प्रहरी कार्यालय मालाखेतीमा हाजिर हुने इप्रका मालाखेतीका इन्स्पेक्टर दान बहादुर रोकायाले जानकारी दिए ।