धनगढी। कैलालीको पहलमानपुरमा ट्रक दुर्घटना भएको छ । कैलालीको पुर्वपश्चिम राजमार्गको घोडाघोडी नगरपालिका वडा नम्बर ५ र वडा नम्बर १० को सिमाना रहेको कान्द्रा नदी नजिक ट्रक दुर्घटना भएको हो। शनिवार बिहान उक्त ट्रक दुघर्टना भएको प्रहरीले जनाएको छ।
पश्चिमबाट पूर्व तर्फ गैइरहेको ना ५ ख १९२० नम्बरको ट्रक दुघर्टना भएको अस्थायी प्रहरी चौकी पहलमानपुरले जनाएको छ। ट्रक दुघर्टनामा कुनै मानवीय क्षेती नभएको र गाडीको सकर टुटेका कारण ट्रक अनियन्त्रित हुँदा दुघर्टना भएको जनाइएको छ ।