कैलाली। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदैछ। कैलाली जिल्लाका १० वटा प्रदेश सभा निर्वाचन क्षेत्रसहित देशभरका ३ सय बढी प्रदेशसभा निर्वाचन क्षेत्रमा आज एकैसाथ प्रदेश तहको प्रतिनिधि चयन गर्न अधिवेशन हुन लागेको नेपाली कांग्रेसले जनाएको छ।
नेपाली काँग्रेस कैलाली पार्टी सभापति नर नारायण शाहले आज हुन गैरहेको प्रदेश सभा अधिबेशन भब्यताका साथ सफल पार्न अनुरोध गरेका छन् । पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ, सबल, सोहार्द पुर्ण पार्न आग्रह गरेका हुन्। यद्धपी क्षेत्रीय सभापतीमा पनि उम्मेद्धारी घोषणा गर्ने क्रम समेत जारी रहेको छ।
देशभर ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । मंसिर ६ गते नेपाली कांग्रेसको संसदीय क्षेत्रमा क्षेत्रीय अधिवेशन हुने नेपाली कांग्रेसको निर्वाचन समितिले जनाएको छ । नेपाली कांग्रेसले आगामी २४-२६ मंसिरमा १४ औं केन्द्रीय महाधिवेशन गर्दैछ ।


