धनगढी। कैलालीमा आजदेखि नेपाली काँग्रेसको वडा अधिवेशन सुरु भएको छ। अहिलेसम्म कैलालीका ३७ वटा वडामा वडा अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गरिसकेको जिल्ला कार्यसमिति कैलालीले जनाएको छ।
धनगढी उपमहानगरपालिकाका मात्रै ६ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ। यस्तै जिल्लाका १३ पालिकाका १ सय २६ वडामध्ये अधिकांशमा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन गरिने बताइएको छ।
जिल्ला सचिव नृप सुनारका अनुसार ३७ वडामा सर्वसम्मत नेतृत्व चयन भएको र सहमति हुन सक्ने वडामा सहमतिको प्रयास जारी रहेको बताए। तर अधिकांश वडामा भने मतदान गर्नुपर्ने भएकाले निर्वाचन समिति त्यसको तयारीमा जुटेको उनले बताए।


