धनगढी। खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले आर्थिक बर्ष २०७८/७९को प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।
सोमबार कार्यालयले आयोजना गरेको प्रथम त्रैमासिक समिक्षा गोष्ठीमा पत्रकार तथा खाद्य बिषय बिज्ञसँग छलफल गर्दै आर्थिक बर्षको पहिलो ३ महिनामा गरेका कार्य प्रगतीको बारेमा जानकारी गराएको हो। उक्त अवधीमा प्रशोधित पिउने पानीको गुणस्तर तथा स्वच्छता अभिवृद्धिका लागी ब्यवसायीसंग अन्तरक्रिया, ५ सय ४८ खाद्य नमुना विश्लेषण र १९ दाना नमुना बिश्लेषण गरेको जनाएको छ ।
यस्तै,द्रुत विषादी र एन्टीवायोटिक अवशेष परिक्षणकालागी किट खरिद, त्रैमासिक गोष्ठी र प्रगती प्रतिबेदन बार्षिक तयारी छपाई एक/एक चोटी गरेको छ। कैलालीमा ९७, डडेल्धुरामा २४, डोटीमा १६, बैतडीमा ८ गरी १ सय ५ चोटी बजार अनुगमन गरिएको छ । यस्तै सोही अवधिमा ५ लाख ९२ हजार ४ सय ४० रुपैयाँ राजस्व संकलन गर्न सफल भएको र बेरुजु नरहेको खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय कैलालीका प्रमुख नवराज दाहालले जानकारी दिएका छन्।
यस्तै कैलाली र डोटी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरुको नेतृत्व तथा खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीबाट खाद्य निरीक्षकको टोलीले बजार अनुगमनका क्रममा दुषित तथा न्युन गुणस्तरका, उपभोग्य मिती समाप्त भएका खाद्यबस्तुहरु जफत गरी नष्ट गरि कार्बाही प्रक्रिया अघि बढाएको छ । यसअघि कैलालीको अत्तरीयास्थीत केन्द्रिय कृषि प्रयोगबाट हुने जिवनाशक बिषादी अवशेष परिक्षण नेपाल सरकार कृषि तथा पशुपञ्छी बिकास मन्त्रालयको निर्णय अनुसार खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयले कार्तिक १ गतेबाट थप जिम्मेबारीमा सम्हालेको छ। जिवनाशक बिषादी अवशेष परिक्षण कैलाली र कञ्चनपुर भन्सारबाट १०० नमुना प्राप्तगरि बिश्लेषण प्रतिबेदन उपलब्ध गराइएको कार्यालयले जनाएको छ।
यस्तै चाडपर्ब लक्षित बजार अनुगमन निरन्तर गरिएको खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख दाहालले जानकारी दिएका छन्। यस्तै कैलालीका स्थानिय तह गोदावरी र गौरीगंगा नगरपालीकामा खाद्य निरीक्षक मार्फत चाडवाड लक्षित बजार अनुगमन भैरहेको जनाइएको छ। यस्तै सोमबार कैलालीको अत्तरिया बजारमा अनुगमन गरिएको छ । मानव अधिकार समूह गोदावरी नगरपालिकाको आयोजना र गोदावरी नगरपालिकाको सहकार्य तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीको प्राबिधिक सहयोगमा अत्तरिया बजारमा अनुगमन गरिएको हो । १३ वटा किराना पसल र होटलहरुमा अनुगमन गरिएकोमा केही मात्रामा म्याद गुज्रेको समान फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी खाद्य निरिक्षक विजय पराजुलिले बताए । उनले म्याद गुज्रेको सामान जफत गरेर नष्ट गरिएको जानकारी दिएका छन्। यस्तै खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयले चाडपर्व लक्षित उपभोक्ता सचेतना संन्देश प्रसारण गर्दै उपभोक्तामा सचेत रहन अपील समेत गरेको छ ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीको चाडपर्ब लक्षित उपभोक्ता सचेतना संदेश यस्तो छ….
दशै तिहार लगायतका चाडपर्बमा उपभोक्ताहरुले हतारमा यात्रा गर्ने एब खाद्य तथा पेय पदार्थहरुको अत्यधिक खपत हुने भएकोले खाद्य स्वच्छता र गुणस्तरमा अरु बेला भन्दा बढी सचेत हुन जरुरी छ र उपभोक्ता सचेत भै तपसिल बमोजिम गर्नुहुन कार्यालय अपील गर्दछ।
१-सिलबन्दी खाद्य तथा पेय पदार्थको हकमा लेबल अनिबार्य हेर्ने, म्याद गुज्रिसकेका र रिलेबलिंग गरेका खाद्य तथा पेय पदार्थ खरीद नगरौ
२- खुला रुपमा बिक्रि हुने खाद्य बस्तुको हकमा स्पस्ट रुपमा आँखाले देखिने गरि सडेगलेका, किरा परेका, ढुसी लागेका, अस्वाभाभिक रुपले बढी चिल्लो र चम्किलो बनाइएका र रंग हालेर पकाइएका खाद्य पदार्थ खरीद नगरौ
३- माछामासुको हकमा रोग नलागेका पशुपन्छीबाट तयार गरिएका र सफा स्थलमा बध गरी स्वच्छ रुपले तयार गरिएका माछामासु मात्र प्रयोग गरौ, सकभर धेरै चिल्लो, धेरै मसलाजन्यको प्रयोग नगरौ
४- घरमा खाना तयार गर्दा राम्ररी सफा गर्ने र पकाउनु पर्नेलाइ राम्ररी पकाउनेर नपकाईकन खाइने सलाद, सादेर खाइने अचार तथा मासुका परिकारहरु स्वच्छताका हिसाबले अति जोखिमपूर्ण हुने, फूड पोइजन भै ज्यान समेत जाने गरेको तथ्यलाइ गम्भीर रुपले मनन गरी स्वच्छता मापदण्ड अपनाउने
५- स्थानीय रुपमा तयार गरिने मदिराजन्य बस्तु समेत स्वच्छताका हिसाबले अति जोखिमपूर्ण हुने भएकोले साबधानी अपनाउनेर
खाद्य स्वच्छता कायम गरौ, आफुपनि बचौ र अरुलाइ पनि बचाउ
बजारमा अखाद्य बस्तुहरु बिक्री भैरहेको थाहा पाएमा स्थानीय निकाय,स्थानीय प्रशासन,सुरक्षा निकाय तथा खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढी र मातहत कार्यालयमा उजुरी गर्न अनुरोध गरिएको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, धनगढ़ी, फोन, ०९१-५२२९७२, ९८५८४२२९७, ९८५८४८८९७२,खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, डडेल्धुरा फोन, ९८५८७७५००४, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, डोटी फोन, ९८५८४८८४६५,खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बैतडी फोन, ९८५८७८२२४४ मा उजुरी गर्न अनुरोध गरिएको हो।


