कैलाली। कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर एक महिलाको मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीकी ५२ वर्षीया ढिग्रा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनु्सार चौधरीको शिबगंगा नदीमा नुहाउने क्रममा डुबेर उनको ज्यान गएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको जनाइएको छ ।


