कैलाली। कैलालीको टीकापुरमा व्यवसायीद्वारा ग्राहकमाथि कुटपिट गरिएको छ । कैलालीको टीकापुर नगरपालिका–१ मा रहेको प्रगति फेन्सी स्टोरकी सञ्चालक लक्ष्मी रावलले आफ्नै पसलमा आएकी ग्राहक मुना विकमाथि कुटपिट गरेकी हुन्।
ग्राहक मुना विक घाइते भएकी छन् । पसलमा कपडा किन्ने बेला मोलमोलाइमा विवाद हुँदा व्यवसायी रावलले फलामको रडले हान्दा विकको दाहिने हात भाँचिएको प्रहरीले जनाएको छ । व्यवसायीलाई इलाका प्रहारी कार्यलय टीकापुरले नियन्त्रणमा लिएको छ भने घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार बालिकाको उपचारपछि दुवै पक्षबीच छलफल भइरहेको जनाइएको छ।


