धनगढी । कैलालीको गोदावरी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ। महेन्द्रनगरबाट खटिएको टोलीले नगरपालिकाका कार्यालय भित्र पुगेर कागजात अध्ययन गरीरहेको छ ।
टोली अहिले नगरपालिका भित्रै रहेको छ। नगरपालिकाका कार्यकारी प्रमुख देबराज जोशीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली नियमित कार्य सम्पादन हेर्न आएको जानकारी दिए । उनले टोली नगरपालिकालाई खबर गरेर नै आएको बताए ।


