धनगढी । दार्चुला पहिरोमा घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत धनगढी ल्याइएको छ। दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ का जनक पार्की र उजेली डडाललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याइएको हो।
धनगढीमा केही बेर अघि साढे ५ बजे धनगढी रङगशालामा नेपाली सेनाको हेलिकोप्टर मार्फत पुर्याइएको छ। दुबै जनाको उपचार धनगढीमा हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए। दुई जनाको उपचार धनगढी स्थित सेती प्रदेशिक अस्पतालमा हुनेछ । बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको छ। अन्य दुई जना बेपत्ता भएका छन्। बाढीले घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ। आइतबार राति आएको बाढीपहिरोमा परी दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको हो।


