कैलाली। कैलालीको गोदावरी नगरपालीका ५ गेटामा एक जना पुरुषको शव फेला परेको छ। गोदावरी नगरपालिका वडा नं ५ गेटा स्थित गेटा सामुदायिक वन नजिक मनहरा नदी किनारमा ५० बर्षिय एक जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार गोदावरी नगरपालीका १० खमौराबाट हराएका शेर बहादुर कार्कीको शव फेला परेको जानकारी दिए । प्रहरी नायब उपरीक्षक बिष्टले उनी गोदावरी नगरपालीका १० खमौराबाट यही भदौ १० गते हराएका र आज साँझ ६ बजे गोदावरी ५ गेटा स्थित गेटा सामुदायिक वन नजिक मनहरा नदीको किनारमा उनको शव फेला परेको जानकारी दिए। धटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


