धनगढी। कैलालीको घोडाघोडीमा रास्ट्रीय परिचय पत्र टोलिको सामान चोरी भएको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ स्थित सभाहलमा ढोका तोडफोड गरि रास्ट्रीय परिचय पत्र टोलिको क्यामेरा सेट चोरी भएको हो।
टोलिका कम्प्युटर अपरेटर डम्मर महराका अनुसार गएराती घोडाघोडी-९ स्थित सभाहलमा तोडफोड गरि क्यामेरा सेट चोरी भएको जानकारी दिए। रास्ट्रीय परिचय पत्र बनाउन प्रयोग गरिएको हलको ढोका तोडफोड गरि क्यामेरा सेट चोरी भएको र साथै पालो कुरेर बसेका नागरिकताहरु छरपस्ट पारिएको अवस्थामा देखिएको उनले भने।
घोडाघोडी नगरपालिका-९ का अध्यक्ष कृष्ण बहादुर शाहले तोडफोड र चोरिको घटनामा संलग्नलाई तत्काल पत्ता लगाएर कारबाही गर्नुपर्ने बताएका छन्। उनले भने, अपराधिक मानसिकता भएका यस किसिमका जोकोही लाई पनि कडा भन्दा कडा कारबाही गर्नुपर्ने भनेका छन्।

