बाजुरा। साँफे-मार्तडी सडकखण्डमा पर्ने ताप्रीसेरामा आइतबार विहान जीप दुर्घटना भएको छ । बुढीगंगा नगरपालिकाको बाम्काबाट बल्दे जाँदै गरेको से १ ज १००४ नम्बरको जीप पल्टिएर दुर्घटना जनाइएको छ। जीपमा चालक सहित पाँच जना यात्रु सवार रहेका थिए । बाम्काबाट बल्दे आउँने क्रममा ताप्रीसेरा नजिकै रहेको ओरालामा आउने क्रममा जीप अनियन्त्रित भएर पल्टिएको बाजुरा, बुढीगंगा नगरपालिका–२ का वडाध्यक्ष हिरालाल थापाले जानकारी दिए । उनका अनुसार जीप अनियन्त्रित भएर दुर्घटना हुँदा मानविय क्षती हुन पाएन । जीपमा रहेका चालक सहित पाँच जना यात्रु सकुशल रहेको वडाध्यक्ष थापाको भनाई छ । सडकमा पल्टिएको जीप स्काईभेटरको सहायतामा उठाएर जीप संचालन गरीएको जनाइएको छ । सडकमै जीप पल्टीए दुर्घटना भएकाले केहीबेर सवारी साधनको आवागमन समेत रोकिएको थियो । अहिले भने सवारी आवागमन भइरहेको वडा अध्यक्ष थापाले जानकारी दिएका छन्।
साँफे-मार्तडी सडकखण्डको ताप्रीसेरामा जीप दुर्घटना
साँफे-मार्तडी सडकखण्डको ताप्रीसेरामा जीप दुर्घटना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

