धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रयोगशालामा १२९ नमूना परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।यस्तै, ९४ जनाको रिपोर्ट निगेटिभ आएको छ । हाल अस्पतालमा १७ जना संक्रमित उपचाररत छन्। ६ जना आइसियुमा उपचाररत छन् । यस्तै पछिल्लो २४ घण्टामा अस्पतालबाट ९ जना निको भई घर गएकोमा थप ४ जना बिरामी अस्पतालमा भर्ना भएका छन्। पछिल्लो २४ घण्टामा कुनै संक्रमितको मृत्यु नभएको अस्पतालले जनाएको छ ।
सेती प्रयोगशालामा १२९ नमूना परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि
सेती प्रयोगशालामा १२९ नमूना परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

