कञ्चनपुर। कञ्चनपुरको गड्डाचौकी नाकामा नेपाली सुरक्षाकर्मीबाटै एक महिलामाथि दुर्व्यवहार भएको छ । कञ्चनपुरकोे पश्चिमी सीमा नाका गड्डाचौकीमा भीमदत्त नगरपालिका १० की एक महिलामाथि दुर्व्यवहार गरेको बताईएको छ। हिजो साउन १३ गते गड्डाचौकी पिल्लर नम्बर सात नजिकै सीमामा खटिएका एक शसस्त्र प्रहरी जवानले भीमदत्त नगरपालिका १० की एक महिलामाथि दुर्व्यवहार गरेको बताईएको छ।
सीमामा खटिएका नेपाली सुरक्षाकर्मीबाटै आफूमाथि दुर्व्यवहार भएको ती महिलाले बताएकी छन् । बुधबार साईकल मर्मत गर्नका लागि बनवासा जादै गर्दा नेपाली सुरक्षाकर्मीले दुर्व्यवहार गरेको बताएकी हुन्। आफूले बोकेको झोला खोसेर साईकल लछारपछार गर्दै दुर्व्यवहार गरेको उनले बताईन् । यता गड्डाचौकीका ईन्चार्ज शसस्त्र प्रहरी निरीक्षक पदम भण्डारीले भने ती महिलाले क्यारिङ गर्ने गरेको र अहिले साईकलमा क्यारिङ गर्न बन्द गरिएकोले महिलालाई सम्झाउने क्रममा त्यस्तो हुन गएको बताए ।
कञ्चनपुरको गड्डाचौकी नाकामा नेपाली सुरक्षाकर्मीबाटै एक महिलामाथि दुर्व्यवहार
कञ्चनपुरको गड्डाचौकी नाकामा नेपाली सुरक्षाकर्मीबाटै एक महिलामाथि दुर्व्यवहार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

