कञ्चनपुर। कञ्चनपुर प्रहरीले लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ। सोमबार दिउँसो ४ः०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाको दोधारा चाँदनी नगरपालिका–४ झोलुङ्गे पुलस्थित म १ प ८२३५ नम्बरको मोटरसाइलमा सवार भीमदत्त नगरपालिका–६ ऐठपुरका २४ वर्षीय प्रवीन सिंहलाई पक्राउ गरिएको हो। उनको साथबाट ०.६०० मिलीग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पक्राउ परेका सिंहमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
कञ्चनपुरमा लागुऔषधसहित १ जना पक्राउ
कञ्चनपुरमा लागुऔषधसहित १ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

