बैतडी– बैतडीमा बसबाट ओर्लिने क्रममा लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ मेलतडाका ७० वर्षीय नारायण चन्द रहेका छन् । मेलौलीबाट महेन्द्रनगरका लागि छुटेको म १ ख ९१९ नम्बरको बसबाट आइतबार बिहान करिब १०ः३० बजे मेलतडामा ओर्लिने क्रममा चन्द ढोकाबाट लडेर गम्भीर घाइते भएका थिए ।
घाइते चन्दलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पु¥याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नवराज भट्टले जानकारी दिए ।
घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका चालक मेलौली नगरपालिका–९ का ४८ वर्षीय अशोक चन्द रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


