धनगढीः कैलालीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–१ भरुवाबाट अवैध लागूऔषध खैरो हिरोइन २ ग्राम ४८० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय हिमाल खत्री पक्राउ परेका हुन्। खत्रीलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ पैदल हिडिरहेको अवस्थमा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ।
यसैगरी, जानकी गाउँपालिका–७ जवलपुरबाट अवैध लागूऔषध खैरो हिरोइन १ ग्राम ५८० मिलिग्रामसहित सोही गाउँपालिका–२ बस्ने ३० वर्षीय रमेश मगर र लम्कीचुहा नगरपालिका–१ बस्ने २६ वर्षीय कमल चौधरी पक्राउ परेका छन्।
यी दुबै जनालाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति पैदल हिडिरहेको अवस्थमा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


