धनगढी: नेपाली कांग्रेसले सुदूरपश्चिम सरकारले ल्याएको बजेटमाथिको छलफल बहिष्कार गर्ने भएको छ । कांग्रेस संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले विवादित बजेटमाथिको छलफलमा सहभागी नहुने जानकारी दिए । बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षी दलसँग आवश्यक समन्वय नगरेको भन्दै सदन बहिष्कार गर्ने निर्णय गरिएको शाहले बताए । उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए ।
बजेटमाथिको छलफलका लागि मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको थियो । तर, बैठक अझै सुरु हुन सकेको छैन । यसअघि सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० ले बजेटमाथि छानबिन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने निर्णय गर्दै तत्काल बजेट पारित गर्ने तयारी थालेको छ ।
आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । बजेटमा बिचौलियामार्फत कमिसनको खेल भएको आरोप सत्तापक्षकै सांसदले लगाएका छन् ।


