धनगढी । दशैँलाई लक्षित गर्दै कैलालीको धनगढीमा हिरोको मेगा एक्सचेन्ज मेला सञ्चालन गरिएको छ। सिजी मोटर्सअन्तर्गतको हिरो मोटरसाइकलले विभिन्न आकर्षक अफरसहित धनगढी उपमहानगरपालिका– उत्तरबेहडीमा मेला सञ्चाललागि हिरोको आधिकारिक बिक्रेता विशेष अटो मोटिभ्सले आयोजना गरेको मेलाको मुख्य आकर्षण हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले शतप्रतिशत क्यासब्याक पाउने योजना रहेको छ। योजनाअन्तर्गत नयाँ हिरो मोटरसाइकल खरिद गर्ने ग्राहकले साप्ताहिक लक्की ड्रमार्फत आफूले किनेको मोटरसाइकलको पूर्ण मूल्य फिर्ता पाउने अवसर प्राप्त गर्नेछन्।
मेलामा पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ हिरोका दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई विशेष सुविधा उपलब्ध गराइएको छ। पुरानो मोटरसाइकल वा स्कुटरको सट्टापट्टा गर्दा १० लाख रुपैयाँसम्मको अतिरिक्त मूल्याङ्कन पाउन सकिने कम्पनीले जनाएको छ। यस्तै, डिजिटल स्क्र्याचमार्फत तत्कालै १० लाख रुपैयाँसम्म जित्ने अवसर पनि योजनामा समावेश गरिएको छ। ग्राहकलाई सहज रूपमा नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न नागरिकताका आधारमा फाइनान्स सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
मेलामा नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले निःशुल्क सुरक्षित हेलमेटसमेत प्राप्त गर्नेछन्। चाडपर्वको समयमा नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी सञ्चालन गरिएको मेलाले पुराना सवारीसाधन साटेर नयाँ खरिद गर्न चाहनेलाई विशेष अवसर प्रदान गर्ने आयोजकको विश्वास छ। विभिन्न छुट, उपहार र साटफेर सुविधासहित सञ्चालन गरिएको हिरो मेगा एक्सचेन्ज मेलाबाट ग्राहकले आफ्नो बजेट र आवश्यकताअनुसार नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन्।न गरेको हो।


