धनगढी: ओर्बिटा ग्रुप प्राईभेट लिमिटेड धनगढीले अन्तर्गतको पहिलो शाखाका रूपमा ‘ओसिस गार्डेन’ नामक आधुनिक रेष्टुरेन्ट धनगढीमा सञ्चालनमा आएको छ । घटस्थापनाको अवसर पारी ओर्बिटा ग्रुप प्रालीले ‘ओसिस गार्डेन’ सञ्चालनमा ल्याएको हो ।
चिया, कफि, साथै मौलिक नेपाली खानपान, खाजा तथा मनोरञ्जनलाई एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको ओएसिस गार्डेनले अग्र्यानिक खानपान तथा आतिथ्य क्षेत्रमा नयाँ पहिचान थप्ने अपेक्षा गरिएको छ । धनगढीमा पहिलोपटक नयाँ टेष्ट र सुन्दर एवम् प्राकृतिक वातावरणको अनुभव दिने अपेक्षा रहेको ओर्बिटा ग्रुपले जानकारी दिएको छ ।
ओसिस गार्डेनको प्रमुख आकर्षणका रूपमा बुटवलमा लोकप्रिय फुल्कीलाई नयाँ स्वाद सहित धनगढीमा भित्र्याइएको छ । स्थानीय स्वाद र आधुनिक आतिथ्य सेवालाई संयोजन गर्दै ग्राहकलाई नयाँ टेष्ट र फरक अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।
ओसिस गार्डेनमा खानपानका अतिरिक्त विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न सकिने स्टेजसहितको खुला स्थानसमेत निर्माण गरिएको छ । यसले पारिवारिक भेटघाट, साथीभाइसँगको जमघट तथा विभिन्न कार्यक्रमका लागि उपयुक्त वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
करिब ६० लाखको लगानिमा सञ्चालनमा ल्याएको आधुनिक रेष्टुरेण्टमा १५ जनाले रोजगारी पाएका छन् । युवा उद्यमशीलताको प्रवद्र्धन, स्थानीय रोजगारी सिर्जना तथा धनगढीको व्यावसायिक गतिविधि र खानपान संस्कृतिमा नयाँ आयाम थप्ने उद्देश्यसहित ओएसिस गार्डेन सञ्चालनमा ल्याइएको ओब्रिटा ग्रुप प्रालीले जनाएको छ ।
ग्राहकको रुचि र आवश्यकतालाई ध्यानमा राख्दै आगामी दिनमा सेवा तथा परिकार विस्तार गर्ने लक्ष्य ग्रुपले जनाएको छ । नयाँ स्वाद, खानपान र मनोरञ्जनलाई एउटै स्थानमा समेट्ने प्रयासले धनगढीमा रेस्टुरेन्ट तथा आतिथ्य सेवाको क्षेत्रमा थप आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।


