कैलाली: धनगढीको फाप्लामा जारी दशौं संस्करणको एसपिए लिटल फ्लावर प्राइड लिगको चौथो खेलमा सुख्खडको घोडाघोडी क्रिकेट एकेडेमी विजयी भएको छ । घोडाघोडीले लम्कीको पाइनियोर्सलाई एकेडेमीलाई ३६ रनले पराजित गर्दै प्रतियोगीतामा पहिलो जीत दर्ता गरेको छ । घोडाघोडी पहिलो खेलमा महेन्द्रनगरको मोर्निङ्ग ग्लोरी स्कुलसँग ९ विकेटले पराजित भएको थियो ।
शुक्रबार घोडाघोडी क्रिकेट एकेडेमीले दिएको १३३ रनको पछ्याउन गएको लम्कीको पाइनियोर्स एकेडेमीले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर मात्र ९६ रन मात्र बनाउन सक्यो । उसका लागि रोशन शाहीले २५,प्रकाश माझीले २४ तथा कप्तान धिरेन्द्र न्यौपानेले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन ।
घोडाघोडी क्रिकेट एकेडेमीका लागि सुधांशु रावलले उत्कृष्ट बलिङ गरे । ३ ओभर बलिङ गरेका रावलले मात्र १३ रन खर्चेर ३ महत्वपूर्ण विकेट चट्काए । त्यस्तै भुपेश जोशी र रोशन बिश्वकर्माले समान दुई दुई विकेट लिए भो सुजिट भट्टको नाममा एक विकेट रहन गयो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घोडाघोडी क्रिकेट एकेडेमीले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर १३२ रन जोड्न सफल भएको थियो । उसका लागि गोविन्द बिस्टले आक्रामक अर्धशतक प्रहार गरेका गरे । ४३ बलको सामना गरेका बिष्टले ७ चौका र ४ छक्का हिर्काउँदै ६२ रन बनाए । त्यस्तै नितेश बुढाथोकीले २३ रनको पारी खेल्दा गणेश शाहले १० रन बनाउन सफल भए ।
पाइनियोर्स एकेडेमीका लागि सोलुप चौधरीले ३ विकेट लिन सफल भए । त्यस्तै विमल कटुवाल र रोयल ढकालले समान दुई दुई विकेट लिन सफल भए । अर्धशतक प्रहार गरेका घोडाघोडी क्रिकेट एकेडेमीका गोविन्द बिष्ट खेलको म्यान अफ दी म्याच चुनिए ।
एसपिए लिटल फ्लावर प्राइड लिगको पाँचौं खेल सुरु हुने निर्धारित समयसम्म शुक्लाफाँटा नगरपालिका झलारीको टोली मैदानमा उपस्थित नभएपछि डकवर्थ–लुइस नियमका आधारमा मर्निङ ग्लोरी स्कुल महेन्द्रनगर विजयी भएको छ ।
शुक्रबार नै सम्पन्न प्रतियोगीताको छैटौं खेलमा बिरेन्द्र स्पोटर्स एकेडेमी सुख्खड ७ विकेटले विजयी भएको छ । खप्तड इण्डोर स्पोटर्स सेण्टरले दिएको ५६ रनको झिनो लक्ष्य ८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका लागि रोशन साउँदले अविजित २७ तथा निशान रेग्मीले २५ रनको पारी खेले । खप्तड इण्डोर स्पोटर्स सेण्टरका केशव चन्दले २ तथा पंकज शार्कीले १ विकेट दिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको खप्तड इण्डोर स्पोटर्स सेण्टरले खराब प्रर्दशन गर्यो । ११.४ ओभरमा सबै विकेट गुमाएको खप्तडले मात्र ५५ रन जोड्न सक्यो । उसका लागि दिपेश भाटले १७ तथा सुभम खड्काले १५ रन बनाउनु बाहेक खन्य ब्याटररले दोहोरो अंकको रन जोड्न सकेनन ।
बिरेन्द्र स्पोटर्स एकेडेमीका ओमकार यादवले उत्कृष्ट बलिङ गर्दै खप्तडको ब्याटिङ लाइनअपलाई धरासयी बनाइदिए । ३ ओभर बलिङ गरेका यावदले मात्र ४ रन खर्चेर ४ विकेट चट्काए । रुपेश थापाले २ तथा निराजन कठायत,रुद्र प्रसाद आचार्य र अमर मिश्रले समान एक एक विकेट लिए । ओमकार यादव खेलको म्यान अफ दी म्याच चुनिए।
बिहिबारबाट सुरु भइ असोज २१ गतेसम्म सञ्चालन हुने यस सिनियर टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले नगद २ लाख,आकर्षक ट्रफी,मेडल प्रमाणपत्र र उपविजेता टोलीले नगद रु १ लाख आकर्षक ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै विधागत रुपमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले पनि नगदसहित ट्रफी प्राप्त गर्नेछन भने प्रत्येक खेलका म्यान अफ दी म्याचले नगद रु १००० प्राप्त गर्नेछन । प्रतियोगितामा देशभरका १५ टोली प्रतिस्पर्धा गरिरहेका छन ।

