धनगढी । सुदूरपश्चिममा तीन दिनदेखी बन्द रहेका सार्वजनिक यातायात चल्न थालेका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार निरन्तरको वर्षाका कारण पछिल्लो तीन दिनदेखि बन्द रहेका पहाडी जिल्लाका यातायात पुनः सञ्चालनमा आएका हुन्।
सोमबार बिहानदेखि वर्षा रोकिएसँगै स्थानीय प्रशासनले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको हो। स्वहि अनुसार सार्वजनिक तथा निजी सवारी साधन पुनः सञ्चालनमा आएका छन् । सोमबार बिहानदेखि प्रदेशका सातवटै पहाडी जिल्लामा लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएका छन् । अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशका केहि स्थानका सडक भासिएका छन् । उक्त सडकहरुको मर्मत सम्भारको काम समेत भइरहेका छन्।

