बेलौरी: कञ्चनपुरको बेलडाडी गाउँपालिका–२ क्याममा एक युवक अचेत अवस्थामा फेला परेका छन्।
आइतबार राति सडक किनारमा अन्दाजी २७ वर्षीय युवक अचेत अवस्थामा फेला परेका हुन्। पहिचान नखुलेका युवकलाई स्थानीयले देखेपछि तत्काल प्राथमिक स्वास्थ्य केन्द्र बेलडाडी पुर्याएका थिए।
प्राथमिक उपचारपछि गम्भीर अवस्थामा रहेका उनलाई थप उपचारका लागि सोमबार बिहान महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएको इलाका प्रहरी कार्यालय बेलडाडीले जनाएको छ।
प्रहरीका अनुसार युवकको हालसम्म पहिचान खुल्न सकेको छैन। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

