धनगढी: कैलालीको टीकापुर नगरपालिका–१ मा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बेलुकी से.४ प ५४५९ र सु.प.प्र.०१–००९ प २१३७ नम्बरका मोटरसाइकल ठोक्किँदा से.४ प ५४५९ का चालक टीकापुर–१ निवासी ५५ वर्षीय सुरेन्द्र शाह गम्भीर घाइते भएका थिए।
उनको न्यूरो अस्पताल नेपालगन्ज, बाँकेमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकल चालकको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ।

