धनगढी । कैलालीको अत्तरियामा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने एक मासु पसले पक्राउ परेका छन् ।
प्रहरीका अनुसार खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको पाइएपछि अत्तरियास्थित रफिक मासु पसलका सञ्चालकलाई पक्राउ गरिएको हो । पसलका संचालक ५५ बर्षिय रफिक मुसलमानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मासु पसलमा बिक्रीका लागि राखिएको मासुबारे शंका लागेपछि गरिएको जाँचका क्रममा खसीको भन्दै बाख्रीको मासु बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पसल सञ्चालकमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक हिरा महराले जानकारी दिए ।

