धनगढी । कैलालीमा घरबाट बेपत्ता भएका एक व्यक्ति मृत फेला परेका छन् । चुरे गाउँपालिका–१ निगालीका ५२ वर्षीय यज्ञबहादुर बोहरा स्थानीय जंगलको भिरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरा सिंह महराले घरबाट हराएका बोहरा खोजी गर्ने क्रममा बोहरा चुरे गाउँपालिका–१ तुलिखेतस्थित जंगलको भिरमा मृत अवस्थामा फेला परेको जानकारी दिए ।
उनकाअनुसार घटनाअघि बोहरासहित ८ जना एकै ठाउँमा बसेर मदिरा सेवन गरेको खुलेको छ । सोही क्रममा साथमा रहेका व्यक्तिहरूले बोहरालाई ‘मारिदिन्छु’ भन्दै गरेको भिडियोसमेत फेला परेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएका व्यक्तिहरूको पहिचान प्रहरीले खुलाएको छैन ।

