डोटीः लागूऔषध मुद्दामा फरार डोटीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत डोटीको २०८२ माघ २२ गतेको फैसलाले १ महिना १ दिन कैद सजाय तोकिएका जोरायल गाउँपालिका–४ खैगाड बस्ने २२ वर्षीय खेमबहादुर पुन मगर पक्राउ परेका हुन्। पुन मगरलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले बिहीवार दिपायल सिलगढी नगरपालिका–६ सिलगढी बजारबाट पक्राउ गरेको जनाएको छ।

