धनगढी । कैलालीको कैलारी गाउँपालिका–३, बड्कामुडाका ३४ वर्षीय विश्वराज चौधरी रसुवाको सुरुङमार्गबाट ९ दिनदेखि बेपत्ता भएका छन् ।
चौधरी रसुवा–नुवाकोट माइलुङ सुरुङमार्गमा रहेको क्रेसरमा काम गर्दै आएका थिए । कामकै सिलसिलामा रहेका चौधरी ९ दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि सहयोग गरिदिन आग्रह गरेको छ ।
उहाँलाई कतै देख्नु वा भेट्नुहुने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा परिवारलाई जानकारी गराइदिन आग्रह गरिएको छ ।
चौधरीबारे कुनै जानकारी भए ९८१२६७०३८० वा ९८६५८२२४५३ नम्बरमा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ ।

