धनगढी: भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बैतडी समाज धनगढीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको बैतडी समाज धनगढीले जनाएको छ।
विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्न सामाजिक उत्तरदायित्वअन्तर्गत रकम उपलब्ध गराइएको समाजले जनाएको हो।

