धनगढी । मदिरा व्यवसायी संघ कैलालीको नयाँ कार्यसमिति चयन भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार कमल बम अध्यक्षमा ९५ मत सहित निर्वाचित भएका छन्।
अध्यक्ष पदमा बमसँगै सागर शमशेर राणा प्रतिस्पर्धामा थिए। राणाले ५२ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षतर्फ विनोद बलायर, रविन्द्र धापा र दिपेन्द्रबहादुर सिंह निर्वाचित भएका छन्। बलायरले १०९, धापाले ८३ र सिंहले ८२ मत प्राप्त गरेका छन्।
महासचिवमा मधव राज उपाध्याय ९७ मतसहित निर्वाचित भएका छन् भने सचिवमा पूर्णबहादुर बोहरा १०१ मत प्राप्त गर्दै विजयी भएका छन्। कोषाध्यक्षमा राकेश कुमार चौधरी १०४ मतसहित निर्वाचित भएका छन्।
सहकाेषाध्यक्ष साजन कुवर भने निर्विरोध निर्वाचित भएको निर्वाचन समिति सदस्य समीर भट्टले जानकारि दिए । कार्यसमिति सदस्यतर्फ गणेशबहादुर बोहरा, दीपक धामी, चन्द्रा कुमारी बोगटी, रामकृष्ण चौधरी र पुरनबहादुर राना निर्वाचित भएका छन्।
निर्वाचन समितिको विवरणअनुसार सदस्यतर्फ गणेशबहादुर बोहराले ९५, दीपक धामीले १०१, चन्द्रा कुमारी बोगटीले ९६, रामकृष्ण चौधरीले ८३ र पुरनबहादुर राणाले ८३ मत प्राप्त गरेका छन्।
मदिरा व्यवसायी संघ कैलालीको नेतृत्व चयनका लागि कमल बम र सागर शमशेर राणा नेतृत्वका दुई समूह चुनावी प्रतिस्पर्धामा थिए। यसअघि दुवै समूहले व्यवसायीको हकहित, संस्थागत सुधार, आर्थिक पारदर्शिता तथा व्यवसायलाई प्रविधिमैत्री बनाउने विषयलाई प्राथमिकतामा राख्दै आ–आफ्ना एजेण्डा सार्वजनिक गरेका थिए।

