महेन्द्रनगर: शिवाङ्गी दुबे कुस्ती खेलमा नेपालको प्रतिनिधत्व गर्ने खेलाडी हुन्। दुबेले लगातार दुई पटक एसियाली खेलकुद ९एसियाड० प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। दक्षिण एसियाली खेलकुद ९साग० मा रजत पदक जितिसकेकी शिवाङ्गी आसन्न जापानमा आयोजना हुने आगामी २०औँ एसियाली खेलकुद ९एसियाड० मा कुस्तीमा पदक जित्ने आशालाग्दी खेलाडी छन्।
“उहाँ मेहनती खेलाडी हुन्। त्यसैले दोस्रो पटक एसियाडमा प्रतिस्पर्धा गर्दै छिन्।” कुस्ती प्रशिक्षक राजेन्द्रबहादुर चन्दले भने, “१९औँ एसियालीमा सहभागिता मात्रै भए पनि आसन्न प्रतियोगितामा भने शिवाङ्गीले पदक ल्याउने सम्भावना छ।” विगत १ महिनादेखि अयोध्यामा प्रशिक्षणमा रहेको नेपाली कुस्ती टोलीमा चार पुरुष र दुई महिला खेलाडी प्रशिक्षण गरिरहेका छन्। कञ्चनपुरबाट कुस्ती खेल थालेकी शिवाङ्गी हाल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसित आबद्ध छन्।
शिवाङ्गीसँगै ६२ किलो तौल समूहमा नेपालगञ्जकी सुशीला चन्द पनि आसन्न एसियाडमा सहभागी हुँदै छिन्। पछिल्लो केही वर्षयता नेपाली कुस्तीमा सुदूरपश्चिमका महिला खेलाडीहरुको वर्चस्व रहेपछि खेलाडी विभागीय टोलीमा आबद्ध हुने क्रम चलिरहेको प्रशिक्षक चन्दको भनाइ छ। कञ्चनपुरबाट आसन्न एसियाडमा चार जना महिला खेलाडी सहभागी छन्। १९औँ एसियाडमा काष्य पदक नेपालले जित्दा महिला कबड्डीमा छ जना खेलाडी कञ्चनपुरका थिए। आसन्न एसियाडमा मानमती विष्ट, रविना चौधरी, जयन्ती बडू र मनिषा जोशी महिला कबड्डी टोलीमा छन्।
कबड्डीका प्रशिक्षक विष्णुदत्त भट्टले मनिषाबाहेक अन्य तीन खेलाडी यसअघिको एसियाडमा सहभागी भइसकेको बताए। कबड्डी खेलाडी मानमती कञ्चनपुरको भीमदत्त नगरपालिका, मनिषा शुक्लाफाँटा नगरपालिका, रविना बेल्डाडी गाउँपालिका र जयन्ती बेदकोट नगरपालिकाका बासिन्दा हुन्।
“अहिले सहभागी सबै खेलाडी कञ्चनपुरमा आठ(नौ वर्षअघि उत्पादन भएका प्रतिभावान खेलाडी हुन्”, प्रशिक्षक भट्टले भने, “नेपाली कबड्डीमा कञ्चनपुरको लामो इतिहास र ठूलो योगदान छ।

