बाजुरा: बाजुराको बढीमालिका(९ का बाढीपहिरो पीडित राहतको परखाईमा छन् । गत शुक्रबार बिहान करिब ५ बजे आएको अविरल वर्षाका कारण यहाँ २३ घरमा बसोबास गर्दै आएका झण्डै ४० परिवार विस्थापीत बनेका छन् । बाढीपहिरोका कारण विस्थापित भएका ती परिवारहरु राहतको पर्खाइमा छन् । बाढीपहिरोले घरमा क्षति भएपछि अहिले उहाँहरुलाई बसोबास गर्ने ठाउँ छैन ।
अहिले उहाँहरु गाउँ नजिकैको खुल्ला चौरमा तथा आफन्तको घरको सहारा लिएर बसोबास गर्दै आएका छन् । बाढीपहिरोले घरमा क्षति भएपछि अहिले खुल्ला आकाशको बास भएको बाढीपहिरो पीडितले जनाएका छन् । यता बाढीपहिरो पीडितका लागि अहिले तत्काल त्रिपालको व्यवस्था बाहेक अरु केही गर्न नसकिने बडीमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “उहाँहरुको खाद्यान स्थानीय प्रहरी लगायतको टोलीले बचाउने काम भएको छ । खानलाई भन्दा अहिले बस्नलाई समस्या हो । हामीले त्यसका लागि अहिले त्रिपालको व्यवस्था गर्ने तयारी भएको छ । ” यसको निर्णय पास भइसकेको र खाली त्रिपाल किनेर ल्याउनु मात्र बाँकी छ । केही यहाँ नौ नम्बर वडामा छन् । केही त्रिपाल किनेर भोली सम्म वितरण गर्ने योजना रहेको जोशीले बताउनुभयो।
बडीमालिका नगरपालिका १ देखि ९ सम्म झण्डै एक सय भन्दाबढी परिवार बाढीपहिरोको उच्च जोखिममा रहेको पालिकाले जनाएको छ । जिल्लामा एक सय पचास भन्दाबढी बस्ती बाढीपहिरोको उच्च जोखिममा रहँदै आएका छन् । तर उहाँहरुको बस्ती स्थानान्तरण गर्न भने सकिएको छैन । यसका लागि सरकारले कुनै माप डण्ड समेत अपनाएको छैन । बाढीपडित बस्ती थपिदै गएका छन् । तर उहाँहरुको व्यवस्थापनका लागि भने कुनै सुनुवाई नभएको जस्तो देखिन्छ ।
बाजुराका बाढीपहिरो पीडितलाई व्यवस्थाका गर्नका लागि जिल्ला विपद व्यवस्थापन समितिले त्यसको विवरण माग गर्दै केन्द्रमा पठाउने गरेको छ । उता देखि के जानकारी आउँछ । त्यसैको आधारमा उहाँहरुको व्यवस्था गर्ने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

