धनगढी: नेपाली बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । बिहीबारको तुलनामा सुन तोलामा ५ हजार ८०० र चाँदी १५५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ३५० निर्धारण भएको छ । बिहीबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार ३०० र त्यति नै परिमाणको चाँदी ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

