धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमका सदस्य नितिश जोशीले डा. गोविन्द केसीसँग भेट गरी आमरण अनसनको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्। धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा भएको भेटमा जोशीले गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय लामो प्रतीक्षापछि सञ्चालनको चरणमा पुगेको उल्लेख गर्दै अनसनले यस प्रक्रियामा असर पर्न सक्ने चिन्ता व्यक्त गरे।
उनले सुदूरपश्चिमका नागरिकको दशकौँदेखिको स्वास्थ्य शिक्षाको सपना साकार हुने क्रममा रहेकाले सबै पक्षले सहकार्य र संवादमार्फत समाधान खोज्नुपर्ने धारणा राखे। जवाफमा डा. केसीले भने आफू पूर्वघोषित कार्यक्रमअनुसार आमरण अनसनमा बस्ने अडान दोहोर्याउँदै आफ्नो आन्दोलनमा कुनै प्रकारको अवरोध नगर्न आग्रह गरेका थिए।

