धनगढी। धनगढी उपमहानगरपालिका–८ स्थित नवदुर्गा अनुष्ठान केन्द्रको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
निर्वाचन अधिकृतको कार्यालयले सोमबार सूचना जारी गर्दै केन्द्रको विधान–२०८१ को परिच्छेद ५, दफा २० को उपदफा ९२० बमोजिम प्राप्त उम्मेदवारीका आधारमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको जनाएको हो।
सार्वजनिक नामावलीअनुसार अध्यक्षमा राजेश गिरी, उपाध्यक्षमा लोकराज भट्ट, सचिवमा युवन कुमारी चन्द, कोषाध्यक्षमा सन्तोष कुमार ठाकुर तथा सहसचिवमा कोमलराज जोशी चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा मनोज कुमार भट्ट, नागेन्द्र जोशी, वीरबहादुर गिरी, धनबहादुर रैक्का, लक्ष्मीराज जोशी र चित्रा बम सर्वसम्मत रूपमा चयन भएका छन्।
निर्वाचन अधिकृतका अनुसार निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम भोली आयोजना गरिनेछ।
नयाँ कार्यसमितिले केन्द्रको धार्मिक, सांस्कृतिक तथा संस्थागत गतिविधिलाई थप प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

